१४औं स्थापना दिवसको अवसरमा शुभदीप बचतको रक्तदान सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, २१ फागुन

भक्तपुर देगईनास्थित शुभदीप बचत तथा ऋण सहकारी संस्थाको चौधौ स्थापना दिवसको अवसरमा शनिवार संस्थाकै प्राङ्गण देगइनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा संस्थाका अध्यक्ष श्याम कृष्ण प्रजापतिले रक्तदान गरी शुभारम्भ गरेको उक्त कार्यक्रममा महिला तीन जना र पुरुष २१ जना गरी जम्मा २४ जनाले रक्तदान गरेको संस्थाले जानकारी दिएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व बोध गरी सामाजिक गतिविधिहरु गर्दै आएको र बचत तथा ऋणसँगै सदस्य लक्षित विविध गतिविधि पनि सञ्चालन गरिरहेको संस्थाले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *