के युरोपमाथि संरा अमेरिकाले फेरि जित्ला ?

अन्तर्राष्ट्रिय राजनीति विचार विशेष समाचार समाचार

राधिका देसाइ

सीजीटीएन, २१ फागुन

रूसविरुद्ध युरोपेली सङ्घले थोपरेको नाकाबन्दीलाई समर्थन गरेर स्वीट्जरल्यान्डले द्वन्द्व र लडाइँमा तटस्थताको आफ्नो शताब्दियौँ पुरानो नीति बदलेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका धनी समर्थकहरूमाथि ठिँगुरो लगाएर मस्कोलाई अस्थिर बनाउने संरा अमेरिकाको लक्ष्यलाई स्वीट्जरल्यान्डको यो निर्णयले टेवा पुर्‍याएको छ । स्वीट्जरल्यान्डको यो निर्णयले त्यहीँ दर्ता रहेको नोर्ड स्ट्रीम द्वितीय पाइपलाइनमाथि पनि गम्भीर सङ्कट पार्नेछ । रूसबाट युरोपमा तेल लाने पाइपलाइन बनाउने काम नोर्ड स्ट्रीमले गर्दै आएको छ ।

तर, स्वीट्जरल्यान्डको यो निर्णयको खास उपादेयता त्यत्तिबेला मात्र प्रस्ट हुन सक्छ जब हामीले यसलाई जर्मनीको कुनै पनि द्वन्द्वग्रस्त क्षेत्रमा कहिल्यै हतियारसहित सहभागी नहुने र आफ्नो रक्षा क्षेत्रको कुलगार्हस्थ उत्पादन (जीडीपी) को २ प्रतिशत नाटोमा खर्च गर्ने निर्णयलाई एकै ठाउँमा राखेर हेर्नेछौँ ।
जर्मनी र स्वीट्जरल्यान्डले आ–आफ्ना ती निर्णयलाई ‘विश्वयुद्धपछि बनेको विश्व व्यवस्था’ माथि खतरा निस्तेज गर्न र ‘हाम्रो सभ्यताको आधार बनेका मूल्य’ को रक्षाको निम्ति भनी जायज ठहर्‍याउन खोजिरहेका छन् । तर, उनीहरूका यस्ता ठुला कुरा पछाडि कालो सत्य लुकेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जनसनले पुटिनमाथि ‘रगतले युरोपको नक्सा कोर्न चाहेको’ आरोप लगाएका छन् । खासमा बोरिसले संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको मूल मुद्दाका गम्भीर पक्षलाई लुकाउन मद्दत गरिरहेका छन् । युक्रेनमा अहिले चर्केको द्वन्द्व कसैले अघिल्लो साताबाट सुरु भएको भनिरहेका छन् । कोही गत वर्षबाट भन्दै छन्, कोही आठ वर्षअघि त कोही त्यो भन्दा अघिबाट नै यो लडाइँ सुरु भएको तर्क गर्दैछन् । यो द्वन्द्वका धेरै पक्ष र कोणहरू छन् । तीमध्ये सबभन्दा स्वाभाविक पक्ष भनेको रूसको लामो समयअघि देखिको सुरक्षा चासो हो । त्यस्तै, किभ सरकारले दोनेत्स्क र लुहान्स्कविरुद्ध गरेको हमला, किभ सरकारमा नव–नाजीवादी शक्तिको उदय र युरोपेली सङ्घ तथा नाटोमा युक्रेनको सदस्यता आदि पनि यससँगै जोडिएर आउने विषय हुन् ।
तर, अहिले युक्रेन लडाइँबारे पश्चिमा सञ्चारमाध्यमहरूका समाचारमा संरा अमेरिकाले युरोपलाई पूर्णतः आफ्नो तखतमुनि राख्न इच्छाएको कुरा भने कहीँकतै उल्लेख भएको देखिँदैन ।

महाद्विपीय (कन्टिनेन्टल) युरोपेली देशहरूले आफ्नै लागि पनि र उनीहरूले ऐतिहासिकरूपमा विकास गरेको फरक खालको पुँजीवादको कारण लामो समयअघिदेखि नै उनीहरूले (संरा अमेरिकाबाट) स्वायत्तता दाबी गर्दै आएका थिए । एङ्ग्लो–अमेरिकी खालको पुँजीवादी व्यवस्थाभन्दा फरक उनीहरूले विकास गरेको पुँजीवाद अलि बढी राज्यबाट नियमन गरिने, थप उत्पादनमूलक र कम व्यापारिक बताइन्छ । एङ्ग्लो–अमेरिकी पुँजीवादभन्दा त्यो अलि समतामूलक चरित्रको मानिन्छ । शीतयुद्धको उचाइमा समेत संरा अमेरिकी नेतृत्व र संरा अमेरिका–बेलायतको ‘विशेष सम्बन्ध’ प्रति लामो समयदेखिको असन्तोष पोख्दै फ्रान्सले सन् १९९६ देखि सन् २००९ सम्म नाटोबाट हात झिकेको थियो ।

नाकाबन्दीले रूसको अर्थतन्त्रमा ठुलो प्रभाव पार्न सक्छ । रुबलको भाउमा ठूलो ¥हास आउनेछ । स्वीट्जरल्यान्डको निर्णयले युरोपेली नाकाबन्दीलाई बल पुर्‍याएको छ । जसले नोर्ड स्ट्रीम द्वितीय टाट पल्टिने अवस्था आउन सक्छ । तथापि, संरा अमेरिकी वित्तीय प्रणाली पनि सुरक्षित छैन । युरोप रूसकै उर्जामाथि निर्भर छ । एटलान्टिक महासागरका दुवै छेउका शक्ति यो लडाइँबाट सबभन्दा बढी मारमा पर्नेछन् । आगामी दिनका घटनाक्रमले धेरै कुरा खुल्दै जानेछ । युरोपमाथि संरा अमेरिकाले फेरि पनि जित्ला नजित्ला आगामी दिनका घटनाले खुल्दै जानेछ ।

जर्मनीले पूर्वी नीति (ओस्टोपोलिटिक) अङ्गीकार गर्दै पूर्वी युरोप र सोभियत सङ्घसँग सम्बन्ध बलियो बनाउँदै गयो । यी घटनाक्रमले संरा अमेरिकालाई नै अन्ततः नरम बन्न बाध्य बनाएको थियो । शीतयुद्धपश्चात् संरा अमेरिकाको नेतृत्व मान्दै बस्न युरोपसँग ज्यादै कम मात्र कारण थिए ।

युुरोपेलीहरूलाई आफ्नो शिविरमा आउन बाध्य बनाउन संरा अमेरिकाले पटक–पटक प्रयास गरिरह्यो । शीतयुद्धपछि पश्चिमा देशहरूले रूससँग मिलेर बनाएको स्वायत्त युरोपेली सुरक्षा योजना विफल बनाउन पूर्वी युगोस्लाभियाविरुद्धको हमलामा संरा अमेरिकाले हात हाल्यो । युरोप र रूस मिलेर बनाउन लागिएको सो योजनामा युरोपेली सङ्घको साझा परराष्ट्र र सुरक्षा नीति समावेश थियो । फ्रान्को–जर्मनी संयुक्त सैनिक शक्ति बनाउने र मध्य तथा दक्षिण पूर्वी युरोपलाई जर्मनीले आफ्नो प्रभाव क्षेत्र बनाउने कुरा त्यो योजनामा उल्लेख थियो । त्यति मात्र होइन, संरा अमेरिकाको ‘विश्वव्यापीकरण’ को योजनाअन्तर्गत ऊ संसारभरबाट आफ्नो मोडलभन्दा कुनै पनि ढङ्गले फरक आर्थिक व्यवस्थालाई निमिट्यान्न बनाउन चाहन्थ्यो । संरा अमेरिका ती आर्थिक ढाँचालाई थप नवउदारवादी बनाउँदै अन्ततः एङ्ग्लो अमेरिकी ढाँचामा ढाल्न पुर्‍याउन चाहन्थ्यो ।

नयाँ शताब्दीको आरम्भसँगै संरा अमेरिकी शक्ति क्रमशः ओरालो लाग्यो । चीन भने लगातार उदाउँदै गयो । यही बेला युरोपेली सङ्घले आफ्नै स्वायत्त सेना बनाउने योजना अघि बढाउँदै र चीनसँग थप आर्थिक सहकार्य गर्न खोज्दै फेरि एकपटक स्वायत्तताको दाबी ग¥यो । सन् २०१४ मा युक्रेनमा भएको गृहयुद्ध त्यहाँ संरा अमेरिका र युरोपेली सङ्घबीचको दुश्मनीको कारण भएको वास्तविकता सबैलाई थाहा छ । युक्रेनको विषयमा युरोपेलीहरूको स्पष्ट दृष्टिकोण छ । गत साताबाट युक्रेनमाथि रूसी सेनाको कारबाही सुरु नहुँदै रूससँग मध्यस्थ गर्न युरोपले अन्तिम समयसम्म प्रयास गरेको थियो । युरोप र संरा अमेरिकाबीचको भिन्नतामध्ये एउटा भिन्नता यो पनि हो ।

पछिल्ला केही दिन पश्चिमा प्रचारबाजीले संसार यसरी ढाकेको छ, मानौँ संरा अमेरिकाले आफ्नो प्रभुत्व नमान्ने युरोपेली असहजतामाथि जीत हासिल गरेको छ र फेरि एक पटक युरोपलाई आफ्नो तखतमुनि ल्याएको देखिन्छ । यद्यपि, ‘देखिन्छ’ भन्नु भरपर्दो शब्द भने होइन । लडाइँको बादल बाक्लो बन्दै गएको अवस्थामा कसैले पनि खास कुरो यही हो भनी ठोकुवाका साथ भन्न सक्ने अवस्था छैन । अफगानिस्तानबाट लज्जाजनकरूपमा फर्केपछि विश्व शक्तिको रूपमा आफ्ना छविमा परेको छायाँ र संरा अमेरिकी गुप्तचरी निकायको क्षमताप्रति सन्देहको विषयलाई विषयान्तर गर्ने संरा अमेरिकी उद्देश्य सफल हुँदै गरेको देखिन्छ । यद्यपि, यो जुङ्गाको लडाइँमा संरा अमेरिका र युरोपेली सङ्घले युक्रेनमा प्रत्यक्ष सैनिक संलग्नता नदेखिने गरी भूमिका मात्र खेलेनन्, बाइडेनले धम्की दिएजस्तै रूसविरुद्ध ज्यादै ‘कडा’ खालको नाकाबन्दी पनि थोपरियो । नाकाबन्दीभन्दा पनि महानाकाबन्दी भनिएको ‘स्वीट्फबाट निष्काशन’ थोपर्दै गर्दा रूसबाट युरोपमा आउने ऊर्जा आपूर्ति प्रभावित हुने कुरा समेतको हेक्का राखेनन् ।

यी नाकाबन्दीले रूसको अर्थतन्त्रमा ठुलो प्रभाव पार्न सक्छ । रुबलको भाउमा ठूलो ¥हास आउनेछ । स्वीट्जरल्यान्डको निर्णयले युरोपेली नाकाबन्दीलाई बल पुर्‍याएको छ । जसले नोर्ड स्ट्रीम द्वितीय टाट पल्टिने अवस्था आउन सक्छ । तथापि, संरा अमेरिकी वित्तीय प्रणाली पनि सुरक्षित छैन । युरोप रूसकै उर्जामाथि निर्भर छ । एटलान्टिक महासागरका दुवै छेउका शक्ति यो लडाइँबाट सबभन्दा बढी मारमा पर्नेछन् । आगामी दिनका घटनाक्रमले धेरै कुरा खुल्दै जानेछ । युरोपमाथि संरा अमेरिकाले फेरि पनि जित्ला नजित्ला आगामी दिनका घटनाले खुल्दै जानेछ ।

स्राेतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *