काठमाडौं उपत्यकामा थपिए १५३१ जना कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ असाेज

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

उपत्यकामा कोराना संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ। काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार  २३३ र भक्तपुरमा  २ हजार ५९१ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या ८९  हजार २६३  पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार ७८१  जनाको पिसिआर परीक्षणमा २४४०  जनालाई संक्रमण देखिएको जानकारी दिए।

२४ घण्टामा १ हजार १३३  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। देशभर २३ हजार ५ सय जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *