भक्तपुर नपाका नगर कार्यपालिकामा निर्वाचित सदस्यहरुको शपथग्रहण

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १७ जेठ


भक्तपुर नगरपालिकाको नगर कार्यपालिकामा निर्विरोध निर्वाचित पाँच जना सदस्यहरुको सपथ ग्रहण कार्यक्रम जेठ १७ गते नपाको सभाकक्षमा सम्पन्न भयो ।
नेपालको संविधानको धारा २१६ को उपधारा ४ बमोजिम भक्तपुर नगरपालिकामा निर्वाचित महिला सदस्यहरुमध्येबाट पाँच जना कार्यपालिका सदस्य निर्वाचित गर्ने व्यवस्था छ ।


त्यस व्यवस्थाअनुसार वडा नं. ३ का सुनिता अवाल (प्रजापति), वडा नं. ५ का कृष्णप्यारी भुजू, वडा नं. ६ का रोशनमैंया सुवाल, भनपा वडा नं. ७ का रञ्जना त्वाती, वडा नं. ९ का छोरीमैंया सुजखु प्रजापतिको उम्मेद्वारी परेको थियो । पाँचजनाको मात्र उम्मेद्वारी परेकोले उनीहरु निर्विरोध निर्वाचित भएको हो । उनीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सपथ गराएको थियो ।
शपथ ग्रहण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिन्दै कार्यपालिकाले पूर्णता पाएसँगै छिटै कार्यविभाजन गरी हरेक क्षेत्रमा विशेष ढंगले काम गर्ने बताए ।
भक्तपुर नपाले सस्तो लोकप्रियताको लागि नभई भक्तपुर नगर र नगरबासीहरुको सन्तुलित विकास र आर्थिक जीवनस्तर उकास्ने ढंगले काम गर्दै आइरहेको बताउदै उनले जनतासँग एकाकार भई काम गर्न संकेत जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सफल हुनेमा विश्वास व्यक्त गरे ।


भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता एक एक गरी पूरा गर्दै जाने बताउदै आगामी कार्यकाल अझ सफल र उपलब्धीमूलक हुने ढंगले काम अगाडि बढाउने बताए ।
नवनिर्वाचित भक्तपुर नगरपालिकाका नगर कार्यपालिकाका सदस्यहरुलाई वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *