युरोपबाट अलग हुनसक्दैन रुस

अन्तर्राष्ट्रिय राजनीति विचार विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

एजेन्सी, १६ माघ

युक्रेनमा चालु सङ्कटले युरोपभित्रको मूलभूत विभाजनलाई सतहमा ल्याएको छ । युक्रेन सङ्कटबारे (युरोपका) हरेक देशको अलग अलगदृष्टिकोण देखिएको छ । युरोपेली सङ्घका दुई प्रमुख आर्थिक शक्तिहरू फ्रान्स र जर्मनीले अरू युरोपका देशहरूसँग मिलेर युक्रेन सङ्कटको युरोपभित्रै समाधान खोजिरहेका छन् । अर्कोतिर रूससँग ऐतिहासिक रूपमा जोडिएका मध्य र पूर्वी युरोपेली देशहरूले युक्रेन सङ्कटको अन्तरएटलान्टिक समाधान खोजिरहेका छन् ।

केही देशहरू युक्रेन सङ्कटको कूटनीतिक समाधान हुने आशा गरिरहेका छन् । केही देशहरू भने सैनिक समाधानमा जानुपर्ने मत राख्दै छन् । केही देशहरू भने यी दुवै तरिका मिलाएर सङ्कटको समाधान खोजिनुपर्ने धारणा राख्दै छन् । प्रस्ट शब्दमा भन्दा अन्तरएटलान्टिक शिविर सैनिक समाधानको पक्षमा उभिएको छ भने युरोपेली शिविर कूटनीतिक समाधानको पक्षमा देखिन्छ ।
यो विभाजन वास्तवमा रोचक खालको छ । किनभने यसले युरोपबारे ती सबै देशका केही आधारभूत मान्यता उजागर गरेको छ । उनीहरू युरोपबारे के सोच्छन् र व्यवहारमा के गर्छन् भन्ने कुरा अहिलेको विभाजनले उजागर हुँदै छ । आधारभूतरूपमा यो छलफल युरोपेलीहरूले रूसलाई युरोपको हिस्सा मान्छ वा मान्दैन भन्ने कुरामा अड्किएको छ ।

‘टाइम म्यागेजिन’ को लागि युरोपबाट लेख्ने पूर्वपत्रकार एवम् ‘उत्तरदायी प्रशासनयन्त्रको लागि क्वेन्सी प्रतिष्ठान’ का वरिष्ठ अधिकारी एनाटोल लेभेनले गत जनवरी २५ मा ‘टाइम’ मा यो छलफलको इतिहासबारे थोरै चर्चा गरेका छन् ।

अन्तरएटलान्टिक शिविरले ‘सिङ्गो र स्वतन्त्र युरोप’ स्थापनाको लक्ष्यसहित नाटोको विस्तारलाई जोड दिएको छ । यसो गर्नु पश्चिमले मस्कोलाई दिएको मौखिक सुरक्षा सुनिश्चितताको आफैमा गम्भीर उल्लङ्घन हो । यो शिविरले रूसलाई युरोपबाट अलग राख्न चाहन्छ र युरोपमा रूसलाई कुनै भूमिका दिन चाहँदैन ।

“यो रूसीहरूको ठूलो अपमान हो । ‘युरोपेली’ शब्दको पयार्यवाची ‘सभ्य’ भन्ने (यो वास्तवमा जातिवादी बुझाइ हो) पश्चिमा सोचाइ अघि आए पछि रूसका उदारवादीहरूको ठूलो अपमान भएको छ”, लेभेनले लेखेका छन् ।

उनको यो कुरामा म केही थप्न चाहन्छु । युरोपमा रूसमाथि नाटोको निषेधात्मक कदम संरा अमेरिकाको भूराजनीतिक महत्वाकाङ्क्षा अर्थात् चीनको उदयलाई रोक्ने उसको लक्ष्यसँग गहिरो गरी जोडिएको छ ।

युरोपेली तथा युरेसियाली मामिलाका लागि संरा अमेरिकाका पूर्वसहायक विदेश सचिव ए वेस मिटसेलले सन् २०२१ मा ‘द नेशनल इन्ट्रेस’ मा प्रकाशित आफ्नो लेखमा ‘रुसर चीनसँग दुवैतिर एकैचोटीको लडाई जित्न संरा अमेरिकाले सक्दैन, त्यसकारण संरा अमेरिकाले दुवै मोर्चामा एकै चोटी लडाइँ हुने सम्भावनाबाट आफू पन्छिनुपर्ने’ लेखेका छन् ।

उनले आफ्नो सो लेखमा संरा अमेरिकाले युरोपमा रूसको प्रभाव कमजोर बनाउनुपर्ने र रूसी महत्वाकाङ्क्षालाई पूर्वतिर धकेल्नुपर्ने बारे व्याख्या गरेका छन् । “सरल शब्दमा भन्दा, एकै समयमा कुन कामलाई प्राथमिकता दिने भन्ने संरा अमेरिकी अन्योल समाधान गर्न रूसलाई युरोपेली शक्तिको रूपमा भन्दा एसियाली शक्तिको लाभ दिनु उपयुक्त हुन्छ”, उनले लेखेका छन् । मिटसेलको लेख सन् २०२० मा उनले संरा अमेरिकी रक्षा मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा आधारित थियो ।

यो रणनीति व्यवहारमा लागु नहुने धेरै कारण छन् । तिनीहरूमध्ये चीन–रूसबीचको रणनीतिक साझेदारी दुवै देशको लागि निकै महत्वपूर्ण हुनु र युरोपमा रूसको अत्यन्त महत्वपूर्ण भूमिका हुनु पनि हो ।

रूसलाई चलनचल्तीमा युरोपको हिस्सामात्र मानिएको छैन । बरू रूसका अधिकांश जनता युरोपेली भागमा नै बस्ने गर्छन् । रुस र युरोप पनि आपसमा आर्थिक रूपले अन्योन्यास्रित रूपमा गाँसिएका छन् । रुसयुरोपेली सङ्घको पाँचौँ ठूलो व्यापार साझेदार हो । साथै, युरोपेली सङ्घ पनि रूसको सबभन्दा ठूलो व्यापार साझेदारका साथै लगानी र प्रविधिको प्रमुख स्रोत हो । रूसविना कुनै पनि युरोपेली इतिहासले पूर्णता पाउनसक्दैन । आज युरोपेली सङ्घमा रूससँग गहिरो जनस्तर र सांस्कृतिक सम्बन्ध छ जसको युरोपेली समाजमा ठूलो भूमिका छ ।

अर्कोतिर रुसपृथक भएको बुझाइ पनि बढ्दो छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बाँकी युरोपभन्दा रुस‘पृथक सभ्यता’ भएकोमा जोड दिएका छन् । सन् २०२१ को मार्चमा लेभादा केन्द्रले गरेको मत सर्वेक्षणअनुसार बहुमत रूसीहरू आफूलाई युरोपेली मान्दैनन् ।
रुसनिकै ठूलो छ । रुससिङ्गो युरेसिया क्षेत्रमा फैलिएको छ । त्यही भएर पनि रूसी जनताले त्यस्तो मत व्यक्त गरेका हुन सक्छन् । तर, मत सर्वेक्षणले रूसमा १२ प्रतिशत जनताले भने आफूलाई पश्चिमाभन्दा सम्मानित अनुभव गर्ने पनि देखिएको छ । त्यही भएर पनि युरोपबाट रुसअलग हुनुपर्ने रूसी बुझाइ पश्चिमा हस्तक्षेपको प्रतिक्रिया मात्र भएको र त्यो नै अन्तिम बुझाइ नभएको बुझ्न सकिन्छ ।
युक्रेन सङ्कटको युरोपेली समाधान अघि सार्न चाहने देशहरूले युरोपबाट रूसलाई निकाल्ने विचारलाई स्वाभाविक मानेका छैनन् । यस्तो मतको कुनै अर्थ छैन र विशेषतः एटलान्टिक महासागरपारिबाट वाशिङ्टनको जोडबलमा यस्तो कडा नीति आउनुको कुनै तुक छैन । उनीहरूको कुरा, रूसले युरोपमा कुनै भूमिका पाउने ‘हैसियत राख्दैन’ । युरोपबाट रूसलाई निकाल्न सकिन्छ । त्यत्ति हो ।
अर्कोतिर उपनिवेशवादी मनसाय र भ्रमपूर्ण चेतनामा आधारित भएर केही देशहरूले अन्तरएटलान्टिक प्रस्ताव गरिरहेका छन् । वाशिङ्टनले युरोपलाई आफ्ना महत्वाकाङ्क्षा खेलाउने मैदानको रूपमा प्रयोग गरिरहेको छ । उसले युरोप र रूसलाई नै आफ्ना हितको लागि खेल्न बञ्चित गर्न खोजिरहेको छ । उदाहरणको लागि, चेक गणतन्त्रले संरा अमेरिकालाई जहाँ पनि बलियो समर्थन गर्दै आएको छ । तर, चेक गणतन्त्रले बरोबर आग्रह गर्दा पनि वाशिङ्टनले अझै पनि त्यहाँ आफ्नो दूतावास खोलेको छैन । यो अपमान हो । यो कसरी ‘सभ्य व्यवहार’ हुन सक्छ ?
(लेखक प्रागमा बस्ने अमेरिकी पत्रकार, राजनीतिक विश्लेषक र स्वतन्त्र संवाददाता हुनुहुन्छ ।)

स्राेतः  सीजीटीएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *