न्यूज अपडेट
एजेन्सी, २० चैत

केही वर्षयता गरिएका अन्तर्राष्ट्रिय जनमत सर्वेक्षणहरूमा चिनियाँ जनताबाट चीन सरकारको समर्थन दर विश्वमै उच्च स्थानमा छ ।
चीनका दुई अधिवेशन समापन भएपछि आयोजित पत्रकार सम्मेलनमा चीनका प्रधानमन्त्री ली खछ्याङले भन्नुभयो, “रोजगारी जनजीवनयापनको आधार हो र विकासको जग पनि हो ।’ ‘सरकारले गरेको पूर्ण खर्च जनजीवनसम्बन्धी विशेषगरी अनिवार्य शिक्षा र आधारभूत चिकित्सा क्षेत्रमा लगाउनुपर्छ’ ।
जनजीवनसँग सानो कुरा छँदै छैन । प्रधानमन्त्री लीको चीनको विकासको आधारभूत उद्देश्य चिनियाँहरूको जीवन राम्रो होस् भन्ने नै हो ।
सोही दिन चीनको सर्वोच्च आधिकारिक संस्था राष्ट्रिय जनकङ्ग्रेसमा १४ औँ पञ्चवर्षीय योजना र दूरगामी योजना कार्यक्रम २०३५ पारित भएको जानकारी दिइयो । आगामी ५ वर्षका लागि तर्जुमा गरिएको योजनामा २० वटा मुख्य सूचकाङ्क प्रस्तुत गरिएको छ । तीमध्ये ७ वटा जनजीवन र जनहितसँग सम्बन्धित छन् ।
चीनबाट विश्वमा सबभन्दा ठूलो परिधिको सामाजिक प्रत्याभूति सञ्जाल खडा गरिएको छ । आधारभूत चिकित्साबाट एक अर्ब ३० करोड जनसङ्ख्यालाई समेटिसकेको छ र पेन्सन बीमाले लगभग १ अर्ब जनसङ्ख्यालाई समेटेको छ । ५ करोड ५७ लाख ग्रामीण गरिब जनसङ्ख्यालाई पूर्णरूपमा गरिबीबाट मुक्त पारिएको छ ।
एक अर्ब ४० करोड जनसङ्ख्या भएको मुलुकका लागि जनजीवन सुधार गर्ने कार्य विशाल हुने गर्छ । जनजीवनलाई निरन्तर सुधार गर्नुबाटै आर्थिक विकासमा थप जीवन्त शक्ति प्राप्त हुन्छ ।
चीन सरकारले जनतालाई प्राथमिकतामा राखेर काम गर्ने भएकोले सर्वसाधारणले जुन क्षेत्रमा अपेक्षा गर्छन् त्यहीं दिशातिर चीन सरकारको प्रयास हुने गर्छ । यो नै चिनियाँ नागरिक सरकारबाट धेरै वर्षदेखि सन्तुष्ट पाएको मूल कारण हो ।
सीआरआई