अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड संक्रमण

अर्थ/वाणिज्य विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
काठमाडौं, १४ पुस

Mers Corona Virus, MERS-COV.3d rendering

संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको संक्रमण हुने गरेको छ।
पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार पछिल्ला हप्ताहरुमा अमेरिकामा बालबालिकामा कोभिडको संक्रमण बढेको पाइएको हो ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरुको सङ्गठनले बुधबार यस्तो तथ्याङ्क दिएका हुन्। यहाँ कोभिड संक्रमण सुरु भएदेखि एक लाख ५२ लाख बालबालिकालाई कोभिडको संक्रमण भएको पनि ती संस्थाले जानकारी दिएका छन्।
ती तथ्याङ्कमा गएका चार हप्तामा मात्र एक लाख ६५ हजार बालबालिका थपिएका हुन्। अमेरिकाका कतिपय राज्यमा अहिले चिसोले निकै सताएको छ। त्यहाँ चिसोका कारण कैयौँ मानिसको ज्यान पनि गएको छ।

यस अवस्थामा यहाँ पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको देखिएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले उमेर समूहका आधारमा कोभिड सङ्क्रमितहरुको तथ्याङ्क तयार गरेर विश्लेषण गर्नुपर्ने अवस्था आएको पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *