काठमाडौं उपत्यकामा २९४० कोरोना संक्रमित थपिए

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १४ माघ

काठमाडौं उपत्यकामा २ हजार ९४० जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका ३ जिल्लामा थप २ हजार ९४० जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौं जिल्लामा २ हजार १५३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको  छ।

यस्तै, ललितपुर जिल्लामा ५१९ र भक्तपुर जिल्लामा २६८ संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ।  मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ६ हजार ८२७ जना संक्रमित थपिएका छन्। यस्तै १० जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *