आस्था थियटरमा शून्य शीर्षकमा कविता वाचन

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ११ असोज


डेड पोइट्स सोसाइटी नेपालको आयोजनामा आस्था थियटरमा शून्य शीर्षकमा आइतबार कविता वाचन कार्यक्रम भएको छ ।
कार्यक्रममा योगेन्द्रमान विजुक्छेँले भक्तपुरमा लामो समयसम्म कविता गोष्ठी हुन नसकेको बताउँदै यस्तो कार्यक्रमलाई निरन्तरता दिँदैजानुपर्ने औंल्याए ।


प्रभास सांस्कृतिक प्रतिष्ठानका कलाकारहरुको मालश्री धुनले स्वागत गरेको शून्य समयमा भक्तपुरलगायत काठमाडौंका १५ जना साहित्यकारहरुले आ आफ्नो साहित्य प्रस्तुत गरिएको थियो ।


विजुक्छेँले साहित्यकार र कलाकारहरुलाई मायाको चिनो वितरण गरिएको उक्त कार्यक्रमको अन्त्यमा सुमन गैडा र मनिषा श्रेष्ठले सांगीतिक प्रस्तुती दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *