भक्तपुरमा बढ्दै कोरोना संक्रमण, चार हजार पुगे सक्रिय संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
भक्तपुर, १० माघ

भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ। पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए। त्यस्तै यही शनिबार ९६८, शुक्रबार ६२७तथा बिहीबार ५६४ संक्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

जिल्लामा सक्रिय संक्रमितसमेत ह्वात्तै बढेको छ। जिल्लामा आइतबारसम्म सक्रिय संक्रमितको संख्या चार हजार नजिक पुगेको छ। हाल जिल्लामा कुल तीन हजार ९९८ सक्रिय संक्रमित रहेका छन्।

जिल्लमा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार १४७ सक्रिय संक्रमित छन्।   त्यस्तै सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

सक्रिय सङ्क्रमितमध्ये ३१  संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन्। त्यस्तै एचडियूमा चार , आइसियुमा तीन र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *