दैलेखको दुल्लुमा अप्टीकल फाईवर जडान

समाचार

दैलेख, १६ जेठ


दैलेखको दुल्लुमा नेपालमै पहिलो पटक १२ किलोमिटर अप्टीकल फाईवर जडान गरिएको छ । सञ्चार र सुचना प्रविधिको क्षेत्रमा महत्वपुर्ण भुमीका प्रदान गर्ने, भन्ने उद्ेश्यले अप्टीकल जडान गरिएको हो ।
ग्रामीण भेगमा अप्टीकल जडान भएसँगै यहाँका बासिन्दाहरु हर्षित छन् । प्रभावकारी व्रोडव्याण्ड संरचनाको माध्यमले सुचना प्रविधिको विकास कार्यक्रम आइसिडी फोरडी र केडीडीआई फाउन्डेसनले दुल्लु नगरपालिकालाई अप्टीकल फाईवर जडानमा प्रयोग भएको सामग्री हस्तान्तरण गरेको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए ।‘ग्रामीण भेगका जनताको सुचना प्रविधिमा विकास हुने विश्वास लिएका छन् ,भण्डारीले भने । ’अप्टीकल जडानले यहाँको स्वास्थ्य र शिक्षा क्षेत्रमा ठुलो सघाउन पुर्याउँने छ ।
नगरपालिकाले आफ्नै मातहतमा रहने गरेर नेटवर्क कम्पनीको निर्माण गरेर सुचना प्रविधिको विकासमा ठुलो सफल्ता हात पारेको उप–मेयर बिष्णु कुमारी थापाले बताईन् । दुल्लु क्षेत्रमा रहेका कार्यालय ,शिक्षा ,स्वास्थ्यलाई प्रत्यक्ष निगरानीमा राख्ने गरी अव नगरले आफ्नै अनलाईन नेटवर्क हुने छ,थापाले भनिन् ।
थापाका अनुसार अहिले दुल्लुमा केवल पुगेको ठाउँमा केवलमार्फत र नपुगेको ठाउँमा वाइरलेस मार्फत अप्टीकल फाईवरको सेवा प्रदान गरेको छ । छिटो छरितो इन्टरनेट सेवा लिन सकिने र केही सार्वजनिक ठाउँमा फ्री नेट सेवा दिने तयारी रहेको छ । ‘अहिले केही महत्वपूर्ण कार्यालयका साथै वडाभरी अप्टीकल फाइवर पुगीसकेको छ ।’ केही महिनाभित्रै सार्वजनिक स्थलमा फ्रि वाईफाई जोन गराउने र नगरभरी ईन्टरनेट सुविधा सवैको पहुँच सम्म पुर्र्याउने उदेश्य छ ।
अप्टीकल पहिलो चरणमा नगर कार्यालय , पालिकाका सबै वडा र दुल्लुमा रहेको दुल्लु अस्पताल र केहि विद्यालयमा जडान गरिएको छ । समर्ग कार्यालयमा बसेर नगरमा हुने हरेक विषयमा जानकारी लिन सकिने
यस्तै धुलीखेल अस्पतालमा १ वटा अप्टीकल किट जडान भएको छ । धुलीखेल अस्पतालमा जडान भएकोले त्यहाँबाट विशेषज्ञ सेवा अप्टीकल किट मार्फत विस्तार भएको हो । दुल्लु अस्पतालमा आउने विरामीले धुलीखेल अस्पतालमा हुने विषेशज्ञ डाक्टरद्धारा गुणस्तरिय सेवा पाउँने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *