काठमाडौं उपत्यकामा ४२ हजार बढी सक्रिय संक्रमित, शुक्रबार ५२९९ थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, ७ माघsharethis sharing button

काठमाडौं उपत्यकामा ४२ हजार ५६ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ३०६८८, ललितपुरमा ७१४५ र भक्तपुरमा ४२२३ सक्रिय संक्रमित छन्। देशभर ६५ हजार ३ सय  ७४ जना कोरोनाका सक्रिय संक्रमित छन्।

शुक्रबार मात्रै काठमाडौं उपत्यकामा ५२९९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ संक्रमित थपिएका छन्। नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ८ हजार ८१५  र एन्टिजेन परीक्षणबाट १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *