सवारी दुर्घटनामा दुईको मृत्यु

समाचार

बनेपा, २९ असोज


बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कालढुङ्गामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने श्रीमान श्रीमती हुन् ।

काठमाडौँबाट पूर्वतर्फ गइरहेको बा७५प १९४९ नंको स्कुटर र विपरीत दिशाबाट आइरहेको बिआर ३२ जे ३४७५ नं को स्कार्पियो एकापसमा ठोक्किँदा घाइते भएका स्कुटर चालक दोलखा जिल्ला सैलुङ गाउँपलिका–७ बस्ने ३५ वर्षीय सोनाम लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनकी श्रीमती ३० वर्षीया बिमला लामाको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार सो स्कुटरमा सवार रहेका लामाको १२ वर्षीय छोरा मनिषको नर्भिक अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको छ ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार स्कार्पियो इलाका प्रहरी कार्यालय मङ्गलटारको नियन्त्रणमा रहेको छ । घटना घटेपछि आक्रोशित भीडले हातपात गरेका कारण चालक जनकपुर उपमहानगरपालिका–४ का विक्रु ठाकुर सामान्य घाइते भएकाले उपचारपश्चात् थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *