यी २२ नेपाली कम्पनीसँग ३ करोड ८४ लाख ट्याब्लेट पारासिटामोल बनाउने कच्चा पदार्थ स्टकमा (कसको कति?)

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ७ माघ

 नेपालमा पारासिटामोलको अभाव भइरहेको भन्ने गुनासो आइरहेको समयमा नेपालकै विभिन्न २२ वटा औषधि उत्पादक कम्पनीसँग झण्डै ४ करोड लाख ट्याब्लेट पारासिटामोल बनाउने कच्चा पदार्थ रहेको विवरण फेला परेको छ।

औषधि व्यवस्था विभागले संकलन गरेको विवरण अनुसार नेपालका २२ कम्पनीसँग पारासिटामोल बनाउने १९ हजार ४ सय ६० केजी कच्चा पदार्थ स्टकमा रहेको पाइएको छ। उक्त कच्चा पदार्थबाट ३ करोड ८४ लाख ८३ हजार ९ सय ट्याब्लेट पारासिटामोल बनाउन सकिने औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए।

उनका अनुसार बाहिर हल्ला भएजस्तो पारासिटामोलको अभाव भने देशभरमा छैन। उनले काठमाडौं र विराटनगरका केही स्थानमा निश्चित ब्रान्डका पारासिटामोलको समस्या देखिए पनि अभाव नै भइसकेको अवस्था नरहेको जानकारी दिए।

‘पारासिटामोल अभावको विषय बाहिर आएपछि हामीले उत्पादक कम्पनीहरुको अनुगमन पनि गरेका थियौँ,’ उनले भने, ‘सो क्रममा कम्पनीहरुले धमाधम पारासिटामोल उत्पादन गरिरहेको पाइएको छ।’ उनले कम्पनीहरुसँग पारासिटामोल उत्पादनका लागि पर्याप्त मात्रामा कच्चा पदार्थ रहेकाले उत्पादनमा जोड दिन आग्रह गरिएको पनि बताए।

विभागले संकलन गरेको विवरण अनुसार गएको एक महिनामा नेपाली कम्पनीहरुको ५८ लाख ट्याब्लेट बजारमा वितरण भएका छन्। यस्तै ती कम्पनीहरुसँग अहिले २४ लाख भन्दा बढी ट्याब्लेट स्टकमा रहेका छन्। विभागले स्टकमा रहेका सबै पारासिटामोल पनि बजारमा पठाउन निर्देशन दिइसकेको छ।

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि केन्द्रीय भण्डारमा रहेको १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट सात वटै प्रदेशमा वितरण गरेको छ।

नेपाली औषधि उत्पादकहरुले संकलन गरेको विवरण अनुसार नेपालमा एक वर्षमा १० करोड ट्याब्लेट उपभोग हुने गरेको अनुमानित तथ्यांक छ। अहिले नेपाली कम्पनीसँग रहेको कच्चा पदार्थ झण्डै ४ करोड ट्याब्लेट उत्पादन गर्न पुग्ने भएकाले अझै ४/५ महिना पारासिटामोल अभाव नहुने उनीहरु बताउँछन्।

कुन कम्पनीसँग पारासिटामोल बनाउने कति कच्चा पदार्थ? कति बन्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *