प्रधानमन्त्रीको अपिल- स्वास्थ्य मापदण्डको इमान्दारीपूर्वक पालना गर्नुहोस् [सम्बोधनको पुर्णपाठसहित]

राजनीति विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ७ माघ

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सुरक्षाका मापदण्डको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरेका छन्।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले जारी गरका स्वास्थ्य सुरक्षाका मापदण्डको इमान्दारीपूर्वक पालना गरी कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारमा सरकारलाई सहयोग गर्न अपिल गरेका छन्।

‘विश्व कोभिड १९ महामारीको प्रथम, दोस्रो र तेस्रो लहरबाट आक्रान्त भएको छ। हामी पनि संक्रमणको उच्च जोखिममा रहेकाले आर्थिक तथा सामाजिक क्षेत्रमा गम्भिर प्रभाव पर्न गएको छ।’ उनले सम्बोधनका क्रममा भनेका छन्, ‘संकुचित रहेका आर्थिक तथा सामाजिक क्रियाकलापहरू मेरो नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि सुचारु भएका थिए। तर, केही दिनदेखि कोभिड १९ को नयाँ स्वरुपको संक्रमणकोउच्च जोखिमले नागरिकको जीवन रक्षामाथि पुनः चुनौती थपेको छ। हामी सबै मिलेर आर्थिक तथा सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी यस रोगको नियन्त्रण गर्नु छ।’

उनले स्वास्थ्य उपचारका विषयमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै सुरक्षा मापदण्ड अपनाएर खोप कार्यक्रमलाई निरन्तरता दिने बताए।

हेर्नुहोस सम्बोधनको पुर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *