कोरोनाका कारण बाह्रवर्षे मकर मेला स्थगित

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, २७ पुस

कोरोना संक्रमण बढ्दै जान थालेपछि बाह्रवर्षे मकर मेला कोरोनाका स्थगित भएको छ। काभ्रेको पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेला कोरोना तीव्र रूपमा फैलिँदै गएका कारण स्थगित भएको हो।

जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार बसेको बैठकले माघ १ गतेबाट सुरू हुने मकर मेलाको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

माघ महिनाभर लाग्ने मेलाका कार्यक्रम नगर्न तथा सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला तथा महोत्सव नगर्न प्रशासनले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *