पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २७ पुस

पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यही अवधिमा थप ३१३ जना निको पनि भएका छन्। हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *