पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १८ पुस

पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ९८६ जना पुगेको छ। कुल संक्रमितमध्ये ४ हजार ९७१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २०९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ।

उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ८३ जना आइसीयू र १९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *