नारायणहिटी ठेक्का प्रकरणमा कार्यकारी निर्देशक दाहाल पनि दोषी

समाचार

 

न्यूजअपडेट संवाददाता
काठमाडौं, २६ पुस


सरकारी छानविन समितिले नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफटेरिया सञ्चालनको ठेक्का प्रक्रियामा दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले समेत जिम्मेवारी पूरा नगरेको निष्कर्ष निकालेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको छ ।