ख्वप इन्जिनियरिङ कलेजमा प्राध्यापक र कर्मचारी भेला

समाचार

न्युजअपडेट संवाददाता
भक्तपुर, १५ पुस


भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका प्राध्यापक तथा कर्मचारीहरु भेला बिहीबार सम्पन्न भयो ।
भेलामा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एमसीसी सम्झौताको सहयोग नेपाललाई हिन्द प्रशान्त रणनीतिअन्तर्गतक अमेरिकी सैन्य गठबन्धनमा तान्ने षड्यन्त्र भएको बताए ।
उनले अमेरिकाको ५५ अर्बको सहयोगबाट नेपालको विकास हुन्छ भन्नेमा आफूलाई विश्वास नभएको बताउँदै विदेशी अनुदान र सहयोगसँगै आउने स्वार्थ देशको सार्वभौमिकताको निम्ति निकै घातक हुने बताए ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउनकै निम्ति देउवालाई प्रधानमन्त्री बनाएको यथार्थ पुष्टि हुँदै गएको बताउँदै प्रमुख प्रजापतिले एमसीसी सम्झौता नेपालको कानुनभन्दा माथि छ भन्ने सन्देश जाने भएकोले यो सम्झौता देशघाती र देशको संविधानविपरीत छ, उनले भने ।
नेमकिपाले देशघाती एमसीसी सम्झौताको विरोधमा ३३ जिल्ला र ८५ भन्दा बढी ठाउँहरुमा एमसीसीको विरोध तथा प्रदर्शनहरु गरिसकेको बताउँदै उनले शासक दलले एमसीसी पारित गर्न क्रियाशीलता बढाउँदै गइरहेकोतर्फ देशभक्त जनताहरु सचेत र संगठित हुनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले एमसीसी सम्झौता नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत भएको बताउदै एमसीसी पारित भएको खण्डमा भारतीय र अमेरिकी सेना नेपाल पस्ने खतरा रहने बताए ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नेपालको लागि एमसीसी सम्झौता किन घातक छ भन्ने विषयमा प्रस्तुतीकरण देखाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *