अस्पतालको लापर्वाहीले लाखाजुको निधन

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, १६ असोज


गत शुक्रवार हिंडेर इवामुरा अस्पतालमा इन्डोस्कोपी गर्न गएका लक्ष्मीकुमार लाखाजुको नर्भिक अस्पतालमा एकहप्तापछि निधन भएको छ ।
पीडित व्यक्तिका घरपरिवार, आफन्त र स्थानीयले अस्पताल घेराउ गर्दै बिहीबार उपचार खर्च अस्पतालले नै व्यहोर्ने गरी सहमति गरेको एकदिन पछि नै ४७ वर्षीय लाखाजुको निधन भएको हो । पीडित परिवार र अस्पतालबीच बिरामी लक्ष्मीकुमार लाखाजुुको उपचारमा लाग्ने सम्पूर्ण खर्च इवामुरा अस्पतालले व्यहोर्ने सहमति भएको र शुक्रवार भेन्टिलेटरबाट निकाल्ने वित्तिकै मृत्यु भएको मृतकका भाइ बिजेश लाखाले बताए ।

सहमतिसँगै अस्पतालमा बिरामीका घरपरिवार, आफन्त तथा सर्वसाधारणले गरेको विरोध प्रदर्शन स्थगित गरेका थिए । शुक्रवार नर्भिकले थप उपचार हुन नसक्ने र घर लैजानु भनेपछि भेन्टिलेटरबाट निकालिएको थियो । लक्ष्मीकुमार पेसाले सिकर्मी हुन् । भक्तपुर नपा ९ च्याम्हासिंहमा उनले सञ्चालन गर्ने फर्निचरले उनको घरपरिवारको जिविका चल्दै आएको छ ।

भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पतालले गत शुक्रवार हिंडेर इन्डोस्कोपी गर्न गएका भक्तपुर चोर्चाका स्थायी बासिन्दा लाखाजुको ज्यान जोखिममा पारेको विरुद्धमा बिहीवार दिनभर अस्पताल क्षेत्र तनावग्रस्त रहेको थियो । अस्पतालको लापर्वाही र चिकित्सकको हेलचक्र्याँइका कारण इन्डोस्कोपी गर्दा भित्री अंगमा असर पुुग्दा लाखाजुको निधन भएको परिवारस्रोतले जनाएको छ । इन्डोस्कोपी गर्दागर्दै इवामुरा अस्पतालले एक्सपायरड भन्दै मृत्यु भएको रिपोर्ट दिएपछि आत्तिएका उनका भाइ विजेस लाखा र छोरा नविनले तत्कालै अर्को अस्पतालमा लान जोडबल गरेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।
नर्भिक अस्पतालले जिउँदै रहेको भन्दै एक हप्ता भेन्टिलेटरमा राखी उपचार गरिरहेको थियो । नर्भिक अस्पतालले रगतको प्रवाह रोेकेका कारण मस्तिष्कमा क्षति पुुगेको र थप उपचार अस्पतालमा गर्नुुभन्दा घरमा लानु जाति भनेपछि शुक्रवार दिउँसो भेन्टिलेटरबाट निकालिएको थियो ।

इवामुराले मृत्यु भयो भनी थप उपचार नगरेकाले र अस्पतालमा खासै सुविधा नभएकाले सिकर्मी पेसा गर्ने लक्ष्मीकुुमारको मृत्यु भएको ठहर स्थानीय बासिन्दाको छ । उनीहरु भन्छन्, ‘इवामुराले मृत्युु भयो भनेको व्यक्तिको उपचार किन नर्भिकमा जीउँदै छ भन्दै इवामुरा अस्पतालकै रिफरमा एक हप्ता उपचार भइरह्यो त ?’
चिकित्सकको लापर्वाहीले गर्दा र इन्डोस्कोपीको खराबी एवम इवामुरा अस्पतालको हेलचक्रयाँइका कारण सामान्य फर्निचरको काम गर्ने लाखाजुको निधनपछि उनको परिवार नै जोखिममा परेको छ ।

जनताको स्वास्थ्य अधिकार र जनस्वास्थ्य ऐनको प्रत्याभुतिका लागि सरकार सजग नभएका कारण उपचार गर्न गएकाहरुको अनाहकमा ज्यान गइरहेको मृतकका आफन्त रत्नश्वरी चवालले बताइन् । ‘एउटा सकुुशल व्यक्ति घाँटी दुख्नुको कारण खोज्न जाँदा ज्यान जानुु आश्चर्यको कुरा हो । त्यसमाथि उपचारको क्रममा के भएको हो भनेर जान्न पाउने प्रत्याभूति जनस्वास्थ्य ऐनले व्यवस्था गरे पनि स्वास्थ्यको व्यापार गर्दै आएको अस्पतालले विरामीको परिवारको भावनामाथि ठेस पुु¥याएको छ ।’, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *