भारतमा घट्दै संक्रमण, २४ घण्टामा ६५ हजार संक्रमित, तीन हजारको मृत्यु

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

एजेन्सी, ३० जेठ

भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमण ओरालो लागे पनि मृतकको संख्या भने घटेको छैन।

पछिल्लो २४ घण्टाभित्र त्यहाँ ६५ हजार ९७३ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ७१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ७० हजार नाघेको छ। संक्रमितमध्ये २ करोड ८० लाखभन्दा बढी निको भइसकेका छन् भने १० लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४३ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब ९ हजार संक्रमित थपिएका छन् भने ३०३ जनाको मृत्यु भएको छ।

तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ७३ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढी संक्रमित थपिँदा २ हजारभन्दा बढी मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *