प्रदेश स्वास्थ्यमन्त्री निमा लामा र नगर प्रमुख प्रजापतिबीच भेट

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३१ जेठ


बागमती प्रदेश स्वास्थ्यमन्त्री निमा लामासँग भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार स्वास्थ्यमन्त्रीको कार्यकक्षमा भेट गरे ।
भेटका क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालले हालै १०० शैय्याको अस्पताल सञ्चालन गर्न अनुमति प्राप्त गरेको बताउँदै ख्वप अस्पताललाई १०० शैय्यामा स्तरवृद्धि गर्न सहयोग पुर्याएकोमा धन्यवादज्ञापन गरे ।
ख्वप अस्पतालमा एमआरआई, सीटीस्क्यानलगायतका स्वास्थ्य उपकरण तथा सामाग्रीहरुको लागि आवश्यक सहयोग गरिदिन उनले मन्त्री लामासमक्ष लिखित आग्रह गरे ।
ख्वप अस्पतालले नगरबासीहरुलाई घरघरमै पुगी प्रत्येक वडामा एकजना स्टाफ नर्स र स्वास्थ्य स्वयम्सेविका व्यवस्था गरी घरदैलो नर्सिङ सेवा सञ्चालन गर्दै आइरहेको जानकारी दिदै सर्वसाधारण जनतालाई सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने ख्वप अस्पतालको उद्देश्य रहेको उनले बताए ।
सोही क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले ख्वप अस्पतालको लागि आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै भक्तपुर अहिले स्वास्थको केन्द्रकै रुपमा अगाडि बढिरहेकोमा खुशी व्यक्त गरे ।
भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप अस्पतालबाट स्तरीय सेवा सुविधा उपलब्ध हुनुपर्नेमा जोड दिदै उनले स्थानीय तहले सञ्चालन गरेको शैक्षिक संस्थाले देशभरिका विद्यार्थीहरु लाभान्वित भइरहेको सुखद पक्ष रहेको बताए ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको उपस्थिति रहेको थियो भने नगर प्रमुख प्रजापतिले मन्त्री लामालाई मयुरको झ्याल र नपाका केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *