गत २४ घण्टामा ६ हजार २ सय ९५ जना संक्रमित निको भए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २९ जेठ

गत २४ घण्टामा देशभर ६ हजार २ सय ९५ जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर गरिएको ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९ सय ८८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको छ।

उक्त अवधिमा ६१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *