महिला दिवस मनाउन उचित होला ? मनाउने तरीका थाहा पाउनुस्

विशेष समाचार समाचार

अनुषा भैनात्व
भक्तपुर, २४ फागुन


२०७५ साल फागुन २४ गते मार्च महिना शुरु भैसकेपछि अन्तरराष्ट्रिय महिला दिवसको कुरा आउन्छ । मार्च ८ तारिक अथवा फागुन २४ गते अन्तरराष्ट्रिय महिला दिवस मनाइन्छ । पहिला त हामीले अन्तरराष्ट्रिय महिला दिवस के हो र ? किन मनाइन्छ थाहा पाउनु पर्छ । यदि यसको इतिहासको कुरा गर्ने हो भने सन् १९०८ मार्च ८ को दिन न्यूयोर्कमा महिलाहरूले मोर्चा निकालिएको थियो । उनीहरूले आफ्नो हक र अधिकारको लागि मोर्चा निकालिएका थिए । मोर्चा त खासगरी सम्मान अधिकार, काम, ज्याला आदिका लागि मोर्चा निकालिएका थिए । पहिला त महिला र पुरुषमा धेरै भेदभाव हुन्थ्यो । काममा पनि महिलाको काम, पुरुषको काम भनि छुत्याउन्थ्यो । ज्यालाको कुरामा पनि महिलाले पुरुष जस्तै अथवा पुरुष भन्दा राम्ररी काम गरे पनि कम ज्याला नै दिइन्थ्यो । जति नै राम्रो काम गरे पनि पुरुष भन्दा कम नै मान्यता दिइन्थ्यो । त्यसैले न्यूयोर्कमा यस असम्मानता÷भेदभावको विरुद्ध मोर्चा निकालेको थियो । सन् १९०८ मा त्यसपछि सन् १९११ मा जर्मनीमा र १९१४, ८ मार्च आइतवार मोर्चा निकालेको थियो । तब उनका प्रस्ताव भोटको अधिकारको लागि थियो । १९१८ मा उनीहरू भोतिङ अधिकार पाए । त्यसैले मार्च ८ तारिखमा अन्तरराष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । यूएसएले १९७५ मा अन्तरराष्ट्रिय महिला दिवसका रूपमा घोषणा गरेर मनाइयो । १९०८ देखि १९७५ सम्मको लामो दुःख र मेहेनतले महिलालाई अधिकारको हक पाइयो । तर, आज हक र अधिकार पाएपछि त्यस्तो स्थिति छैन ।
अब किन मनाइन्छ अन्तरराष्ट्रिय महिला दिवस ? यो दिन मनाइन्छ किन भने यस समाज महिलाले आफ्नो हक र अधिकारकालागि खुब लड्नु परेको थियो । यो दिनमा संसार र देश भरीको महिलाको स्थितिका बारेमा छलफल गर्न र त्यसमा आइपरेका समाधनका छलफल गर्न यो दिन छुत्याइएको हो । यस सम्मानता, सुरक्षा, शिक्षा, स्वास्थ्य रोजगार आदि इत्यादिको हक र अधिकार पर्छ । सबै क्षेत्रमा सम्मानता हुनुपर्छ । महिलाका सुरक्षा अहिले अति आवश्यक भएको छ । अहिले पत्रपत्रिकामा कुनै न्यूजमा महिला हिंसा, लुतपात, बलात्कार, हत्या आदिका कुरा सुन्न पाईन्छ । यो अन्याय र सुरक्षको अभाव सबै उमेरका महिलाले भोग्नु परेको छ चाहे त्यो ३ महिलाको बालिका होस, १६–१७ वर्षको केटि होस् या अरु ४०–५० वर्षको महिला होस् । महिला र पुरुष दुवैलाई शिक्षाको महत्व छ । छोरीलाई घरको काम गर्न शिक्षाबाट बन्चित राख्छने जस्ले गर्दा शिक्षाको अधिकार पाउँदैनन् । यदि घरमा एउटा महिला शिक्षित छ भने पूरै परिवार शिक्षित हुन्छ । महिलालाई पनि पुरुष सम्मान काम गर्ने अधिकार हुनु पर्छ । यदि कोही पुरुष भन्दा राम्रो काम गर्छ र काबिल छ भने, त्यस महिलालाई उसको सीप र काम अनुसार बढी ज्याला दिनुपर्छ । तर आजकल के भैरहेका छन् । महिला दिवस त व्यावसायिक भएको छ । अहिले त महिला दिवस त भ्यालेन्टाइन डे मनाए जस्तै मनाइरहको छन् । मलमा गए महिला दिवसको अवसरमा हुन दिन्छन्, अफिसमा छुट्टि दिइन्छ, महिलाहरु मिलेर रमाइलो गर्छन ।
तर यो उचित हैन । यो दिन त सम्मानता, शिक्षा, अधिकार, रोजगार, सुरक्षा आदिको हक पाउनका लागि मनाइन्छ । अहिले त महिला दिवस रमाइलो गर्ने, साथीहरूबिच भेटघाट, मेलमिलाव गर्ने कारण बनेको छ । यो दिन महिलाले छुट्टि पाउँछ र आ–आफ्नो तरीकाले महिला दिवस मनाउछन् । तर, त्यस्तो हैन, महिला दिवसका दिन, महिलाको स्थिति र त्यसका सुधारका बारेमा छलफल गरी अघि बढनु उपाय ल्याउनु पर्छ । अनि मनाइन्छ महिला दिवस । त्यो पार्टी, भोज भनेर गरेर महिला दिवस मनाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *