२२२७ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ७ जेठ

देशभर हाल २ हजार २ सय २७ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ७ सय १६ आइसीयू र ५११ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार २ हजार २ सय ४० जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।

प्रदेश १ मा २११ आइसीयू र ८१ भेन्टिलेटरमा, प्रदेश २ मा २०९ आइसीयू र ५१ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ९०७ आइसीयू र ३१२ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १४२ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४६ जना आइसीयू र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ५९ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४२ जना आइसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ६८० जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा २० आइसीयू र ९ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र २ भेन्टिलेटरमा, वीर अस्पतालमा ३५ आइसीयू र ६ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू र २० भेन्टिलेटरमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ जना आइसीयू र १७ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४९ आइसीयू र २८ भेन्टिलेटरमा, पाटन अस्पतालमा २६ आइसीयू र १४ भेन्टिलेटरमा छन्।

यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसीयूमा, भक्तपुर अस्पतालमा ५ आइसीयू र १ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १०० जना आइसोेलेसनमा छन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १६ आइसीयू र ५ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू र १३ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ८२ आइसीयू र ३९ भेन्टिलेटरमा, स्टार अस्पतालमा १४ आइसीयू र ८ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

मनमोहन अस्पतालमा ११ आइसीयू र ३ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १८ आइसीयूमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ३६ आइसीयू र १४ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १७ आइसीयू र १३ भेन्टिलेटरमा, धुलिखेल अस्पतालमा ४५ आइसीयू र ५ भेन्टिलेटरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *