सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयनमा सरकार लागिपरेको छः मन्त्री अर्याल

राजनीति विशेष समाचार समाचार

स्याङ्जा, २९ असोज


भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सङ्घीय प्रणालीलाई व्यवस्थित र प्रभावकारी कार्यान्वयनका लागि सरकार अगाडि बढेको बताएको छ ।

मन्त्री अर्यालको निजी सचिवालयले स्याङ्जा वालिङमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ऐतिहासिक जनआन्दोलनबाट प्राप्त सङ्घीयतालाई सबल र सुदृढ बनाउनका लागि सबै एक एकतावद्ध भएर अगाडि बढ्नुपर्छ ।

मन्त्री अर्यालले मुलुकमा सङ्घीय प्रणाली नयाँ अभ्यास भएकाले यसको कार्यान्वयनमा अहिले केही जटिलता देखिए पनि त्यो विस्तारै अन्त्य हुँदै जाने बताउँदै सङ्घीयतालाई राम्रोसँग सञ्चालन गर्न नसके दुर्घटना हुन सक्नेतर्फ सबै सचेत हुनुपर्ने बताए ।

स्थानीय तहलाई सरकारले शक्तिशाली बनाउन चाहेको उल्लेख गर्दै उनले जिल्लाको समग्र विकासका लागि सक्दो पहल गर्ने धारणा व्यक्त गरे ।

मन्त्री अर्यालले भूउपयोग नीति निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै मालपोत र नापी कार्यालयमा थालेको शुद्घीकरण अभियानलाई कडाइका साथ कार्यान्वयन गर्ने र अनलाइन सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशसभाका सदस्य एवं विधायन समितिका सभापति मोहन रेग्मीले जनताले चाहेको सुशासन र समृद्घिको बाटोमा लाग्न सरकारलाई आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङ पूर्वसभासद् मुक्तिप्रसाद पाठक, नेकपाका नेता चक्रबहादुर पराजुली, वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीलगायतले मुलुकको विकास र समृद्धिका लागि सबै लाग्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *