डब्लूएचओ भन्छ- खोप वितरणमा असमानता देखियो

अन्तर्राष्ट्रिय राजनीति विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ४ जेठ

धनी राष्ट्र र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा असमानता रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रियेससले बताएका छन्। पेरिस पिस फोरममा सम्बोधन गर्दै उनले विश्वको पछिल्लो अवस्था हेर्दा खोप वितरणमा तिब्र विभेद देखिएको बताएका हुन्।

‘मेरो विचारमा विश्व नै खोप विभेदको जोखिममा छ, र यो रङ्गभेदी छ,’ उनले भने, ‘तपाईंलाई थाहै छ, उच्च आय भएका मुलुकहरुको जनसंख्या विश्व जनसंख्याको करिब १५ प्रतिशत छन् तर विश्वमा उत्पादित खोपको झण्डै ४५ प्रतिशत त्यहीँ छ । न्यून र न्यून–मध्यम आय भएका मुलुकहरुमा विश्वको झण्डै आधा जनसंख्या छ, तर खोप भने १७ प्रतिशत मात्र उपलब्ध छ।’

विश्वका १२४ वटा देशमा करिब ६३ लाख डोज खोप पठाइएको जनाउँदै उनले  यो खोप ती देशको कुल जनसंख्याको ०.५ प्रतिशत मात्र रहेको बताए।

खोप वितरणमा देखिएको यस किसिमको असमता हटाउन लगानी बढाउनुपर्ने, कोभाक्समा खोप उपलब्ध हुनुपर्ने तथा खोपको उत्पादन बढाउन प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए।

विश्वका धेरै देशमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र अन्य जोखिम समूहमा रहेका व्यक्तिले अझै  खोप लगाउन नपाएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *