१६५९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३ जेठ

देशभर हाल १ हजार ६ सय ५९ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार २ सय ५९ आइसीयू र ४०० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १ हजार ६ सय ९३ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।

प्रदेश १ मा १७४ आइसीयू र ५२ भेन्टिलेटरमा, प्रदेश २ मा २०७ आइसीयू र ५७ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५२९ आइसीयू र २२३ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ११६ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ११३ जना आइसीयू र १८ जना भेन्टिलेटरमा, कर्णालीमा ८१ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३९ जना आइसीयू र ९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ३७६ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ६ सय ३६ जना आइसोलेसनमा छन्।

शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ११ आइसीयू, ९ भेन्टिलेटर र १६१ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा २२ जना आइसीयू, २ भेन्टिलेटर र १७२ जना आइसोलेसनमा, वीर अस्पतालमा ७ आइसीयू, ६ भेन्टिलेटर र १६८ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा २० आइसीयू, १५ भेन्टिलेटरमा र ११३ आइसोलेसनमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७ जना आइसीयू, १५ भेन्टिलेटरमा र ९५ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा १८ आइसीयू, १५ भेन्टिलेटर र ३०९ आइसोलेसनमा, पाटन अस्पतालमा ७ आइसीयू, १३ भेन्टिलेटर र ९७ जना आइसोलेसनमा छन्।

यस्तै निजामती कर्मचारी अस्पतालमा १४ जना आइसीयू, १ भेन्टिलेटरमा र ६८ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ६ आइसीयू, १ भेन्टिलेटर र ४८ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १११ जना आइसोेलेसनमा छन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ८ आइसीयू, ७ भेन्टिलेटर र ३५ आइसोलेसनमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू, १२ जना भेन्टिलेटरमा र ५६ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ४२ आइसीयू, ६ भेन्टिलेटर र ६१ जना आइसोलेसनमा, स्टार अस्पतालमा ७ आइसीयू, ७ भेन्टिलेटर र ४३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौं मेडिकल शिक्षण अस्पतालमा १९ आइसीयू, ११ भेन्टिलेटर र ३२ आइसोलेसनमा, किस्ट अस्पतालमा ४ आइसीयू, ८ भेन्टिलेटर र १२ जना आइसोलेसनमा, धुलिखेल अस्पतालमा ३१ आइसीयू, ५ भेन्टिलेटर र ५५ आइसोलेसनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *