न्यूज अपडेट

देशभर हाल १७ सय बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ३ सय ८१ आइसीयू र ३८० भेन्टिलेटरमा गरी १ हजार ७ सय ६१ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १ हजार ५ सय २६ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा १८० आइसीयू र ५३ भेन्टिलेटरमा, प्रदेश २ मा १७९ आइसीयू र ४३ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ६३८ आइसीयू र २३१ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ८८ जना आइसीयू र १८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १३६ जना आइसीयू र १३ जना भेन्टिलेटरमा, कर्णालीमा ११० जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ५० जना आइसीयू र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २९७ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ८ सय ४३ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १२ आइसीयू, ८ भेन्टिलेटर र १७८ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा २२ जना आइसीयू र २१६ जना आइसोलेसनमा, वीर अस्पतालमा ६ आइसीयू र १५४ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा १९ आइसीयू, १४ भेन्टिलेटरमा र २७९ आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसीयू, १५ भेन्टिलेटरमा र ८७ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ३५ आइसीयू, ९ भेन्टिलेटर र २८४ आइसोलेसनमा, पाटन अस्पतालमा १० आइसीयू, १२ भेन्टिलेटर र ११७ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १४ जना आइसीयू, १ भेन्टिलेटरमा र ७१ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ५ आइसीयू, १ भेन्टिलेटर र ६५ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १४४ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ११ आइसीयू, ७ भेन्टिलेटर र ६७ आइसोलेसनमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू, १२ जना भेन्टिलेटरमा र ८० जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ४२ आइसीयू, १३ भेन्टिलेटर र १०१ जना आइसोलेसनमा, स्टार अस्पतालमा १३ आइसीयू, १ भेन्टिलेटर र ५० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।