पछिल्लो २४ घण्टामा ८९६० कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० बैशाख

पछिल्लो २४ घण्टामा देशभर नेपालमा  ८ हजार  ९६०  जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४७४  जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्।

२४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ४६६ जनाको मृत्यु भएको छ।

नयाँ संक्रमित थप भएसँगै  एक लाख पाँच हजार २०७ जना सक्रिय संक्रमित रहेका छन्। ४९७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

आज देशभर  पाँच  हजार ५५ जना व्यक्ति निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *