बाल चित्रकला प्रदर्शनी

विशेष समाचार समाचार

रोसना लैबा
भक्तपुर, २५ फागुन


शुक्रवार र शनिवार दुईदिने जेशीस उच्च माध्यमिक विद्यालयले दरवारस्क्वायरको पाटीमा बालचित्रकला प्रदर्शनी गरेको छ । “हाम्रो आँखामा कला कृति” शीर्षकमा चित्र कोरिएका छन् । कार्यक्रममा जेशीस उच्च माध्यमिक विद्यालयका कक्षा ५ देखि कक्षा ८ सम्मका विद्यार्थी मध्ये १४ विद्यार्थीले स्केच मेथदबाट चित्रकला प्रदर्शनी गरेका छन् ।
यस प्रदर्शनीको मुख्य भाव भनेको कलाकारको कलाकारिता दर्शाउने हो । यस प्रदर्शनीमा जम्मा ५५ चित्र भएको जसमा ४० वटा फ्रेमीङ गरेका छन् । हाल कुनै किसिमका बाल कृति प्रदर्शनी नभएको समयमा धेरै पछि विद्यालयका विद्यार्थीहरु मिलेर चित्रकला प्रदर्शनी गरेका हुन् । विद्यार्थीलाई विभिन्न क्षेत्रमा सबल बनाउन विद्यालयले यस्ता अतिरिक्त क्रियाकलाप आयोजना गरेको हो र गर्नु पनि पर्छ । यस प्रदर्शनीमा रु १५०० देखि रु ३००० सम्मका रकममा विक्री गरेका छन् । यस कार्यक्रममा सहभागी विद्यार्थीका नाम यस्ता छन् ः सुरज घतानी, जीविन बज्रचार्य, विभुशीत कायष्ठ, दिक्षा श्रेष्ठ, करुण धुकुछु, कृतीस सैंजु, अभिषेक झा, अर्नव राजउपाध्याय, आसिस बज्रचार्य, सुभेक्षा झा, समित श्रेष्ठ, स्वस्तीका कर्मचार्य, प्रसान बैजु र कृसल देशेमरु हुन् ।
प्रधानाध्यापक जय राम गोर्खालीका, अनुसार यस किसिमका कार्यक्रम गर्न आफु निकै लाभान्वित भएको बताए । यस किसिमका कामले विद्यार्थीहरु निकै रमाएका र सृजनात्मकतामा अगाडि बढेको प्रमाणका रुपमा लिन सकिन्छ । प्रशिक्षक कलाकार बालकृष्ण बनमालाका अनुसार विद्यालयहरुमा सञ्चालित अनौपचारिक शिक्षामा ध्यान दिनु पर्ने देखिन्छ । अनौपचारिक शिक्षाको श्राद्ध नहोस् भनी यस किसिमका कार्यक्रमहरु गर्दै आएको बताए । भक्तपुरमा अधिकांश मानिसहरु सिपालु र सृजनात्मक भएको पाइन्छ । एउटा न एउटा कला सम्बन्धी ज्ञान भएको क्षेत्रको रुपमा लिन सकिन्छ भन्ने बनमालाको कुरा थियो । यस १४ कलाकार मध्ये एक कलाकार अर्नव राजउपाध्याय कक्षा ७ मा अध्यनरत हुनुहुन्छ । उनले धेरै चित्र कोरिएको तर ४ वटा मात्र चुनिएको बताए । उनका ४ प्रदर्शनी मध्ये ढुङ्गे धारा र मूर्ति रहेका र यो उनको पहिलो प्रदर्शनी भएको बताए । अहिदे स्केचिङ मात्र गरेको तरपछि पेन्टिङ्ग पनि गर्ने इच्छा व्यक्त गरे । राजउपाध्यायले विद्यालयको आर्ट कक्षामा नै प्रशिक्षण लिएको बताए । त्यही प्रदर्शनी हेर्न आएका अर्चना तामाङका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरुका प्रोत्साहान बढ्ने र समय समय मा यस्ता गतिविधि गर्नु पर्ने बताए । उनलाई प्रदर्शनीका चित्र राम्रो लागेको भाव व्यक्त गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *