काठमाडौं उपत्यकामा थपिए ३ हजार ९२७ संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

काठमाडौं उपत्यकामा मंगलबार ३ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७८८ छन्।

यस्तै, ललितपुरमा ६०२ र भक्तपुर जिल्लामा ५२३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

काठमाडाैंमा २९ हजार १४४, भक्तपुरमा ४ हजार ५१९ र ललितपुरमा ६ हजार ५५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *