९५९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २४ बैशाख

आइसीयू र भेन्टिलेटरमा रहने कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। देशभर हाल साढे ९ सय बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्।

७२८ आइसीयू र २३१ जना भेन्टिलेटरमा गरी ९५९ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ८५३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।

प्रदेश १ मा १०४ आइसीयू र १९ भेन्टिलेटरमा, प्रदेश २ मा ४६ आइसीयू र १२ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३७९ आइसीयू र १३९ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ६३ जना आइसीयू र १४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७४ जना आइसीयू र २२ जना भेन्टिलेटरमा, कर्णालीमा ३३ जना आइसीयू र १२ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २९ जना आइसीयू र १३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २८२ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ५ सय १९ जना आइसोलेसनमा छन्।

शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा २० आइसीयू, ८ भेन्टिलेटर र १५६ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा २२ जना आइसीयू र ११९ जना आइसोलेसनमा, वीर अस्पतालमा ३ आइसीयू, ५ भेन्टिलेटर र ११३ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ३९ आइसीयू, २० भेन्टिलेटर र २२३ आइसोलेसनमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना आइसीयू, १२ भेन्टिलेटरमा र ८५ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा १४ आइसीयू, ७ भेन्टिलेटर र १५३ जना आइसोलेसनमा, पाटन अस्पतालमा ११ आइसीयू, ११ भेन्टिलेटर र १०५ जना आइसोलेसनमा छन्।

यस्तै निजामती कर्मचारी अस्पतालमा १२ जना आइसीयू र ७५ जना आइसोलेसनमा, भक्तपुर अस्पतालमा ६ आइसीयू, २ भेन्टिलेटर र ७७ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १६७ जना आइसोेलेसनमा छन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ९ जना आइसीयू, ६ भेन्टिलेटर र ५४ जना आइसोलेसनमा, ह्याम्स अस्पतालमा १४ जना आइसीयू, ७ जना भेन्टिलेटरमा र ९७ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ३३ आइसीयू, १० भेन्टिलेटर र ९५ जना आइसोलेसनमा, स्टार अस्पतालमा ३३ आइसीयू, १० भेन्टिलेटर र २९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *