पछिल्लो २४ घण्टामा ५० जना काेराेना संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २४ बैशाख

पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ५७९  पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ९ हजार १९६ जना संक्रमित पुष्टि भएका हुन्। यो संख्या हालसम्मको उच्च हो।

१९ हजार ९८७ जनाको पिसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ७८ हजार ६२९ जना सक्रिय संक्रमित छन्। हाल ३८० जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा २ हजार ९०५ जना उपचारपछि डिस्चार्ज भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *