पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २४ बैशाख

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ९०५ जनाले कोरोना जितेका हुन्।

यो सँगै नेपालका कोरोना निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ जना पुगेको छ। यो दर कुल संक्रमितको ७८ दशमलब २ प्रतिशत हो।

हालसम्म कोरोना निको हुनेमा काठमाडौंकाका मात्र १ लाख १२ हजार ८०२ जना रहेका छन्। यस्तै ललितपुरमा १७ हजार ६३५ जना निको भएका छन् भने भक्तपुरमा ९ हजार ८२५ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *