आज ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५३५ पुग्यो 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १८ असाेज

नेपालमा एकै दिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ।

६ वटा जिल्लाका ४ महिला र ३ पुरुष गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

चितवनमा ५५ वर्षीया महिला, काठमाडौंमा ५५, ललितपुरमा ७७ वर्षीय पुरुष, मकवानपुरमा ५ दिने बालिका, बाँकेमा २५ वर्षीया महिला र ६० वर्षीय पुरुष र कञ्चनपुरमा २९ वर्षीय महिलाको मृत्यु भएको छ।

यसअघि शनिबार नेपालमा आठ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *