स्वास्थ्य मन्त्रालयले भन्योः मास्क लगाएर समाचार पढ्नु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ बैशाख

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको न्यूनीकरणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण भएको जनाएको छ।

आइतबारको कोरोना अपडेटको क्रममा  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सञ्चारकर्मी र सञ्चारमाध्यमले समाचार, सूचना र सन्देश मार्फत महत्वपूर्ण भूमिका निभाएको बताएका हुन् ।

डा गौतमले कोरोना संक्रमणको दर बढ्दै गएको अवस्थामा सञ्चारमाध्यमको भूमिका झनै महत्वपूर्ण भएको र आमसञ्चारमाध्यमहरुले संवेदनशील  भएर खबरदारी गर्नुपर्ने बताए।

समाचार पढ्दा, अन्तर्वार्ता लिंदा वा कुनै पनि कार्यक्रमको समाचार बनाउँदा मास्कको अनिवार्य प्रयोग गर्न डा गौतमको आग्रह छ। उनले मास्कको प्रयोग नगर्ने व्यक्तिहरुको समाचार र सूचनालाई निरुत्साहित गर्न समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *