जर्मनीमा एकैदिनमा थप २३ हजार व्यक्ति कोरोना सङ्क्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, ६ मंसिर

जर्मनीमा कोरोन भाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या नौ लाख भन्दा बढी पुगेको छ। सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५२८ जना सङ्क्रमित भएका हुन्।

कोरोना भाइरसबाट एकैदिनमा सङ्क्रमितको सङ्ख्या भने झण्डै २३ हजार पुगेको अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीमा कुल २२ हजार ९६४ जना सङ्क्रमित भएका छन्।

जर्मनीमा कोरोना भाइरसबाट सङ्क्रमित भएर एकैदिनमा २५४ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार ८८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।

सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या अहिलेसम्म पाँच लाख ९३ हजारभन्दा बढी रहेको छ।

एक दिन अगाडि एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या २३ हजार ६४८ र मृत्यु भएकाहरुको सङ्ख्या २६० पुगेको छ। विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको हो।

कोरोनाका कारण अहिलेसम्म विश्वभरी पाँच करोड ७९ लाख १५ हजार ५५९ जना सङ्क्रमित भएका छन् भने १३ लाख ७७ हजार ८२६ जनाको मृत्यु भएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *