नेपालमा तीन लाख नाघे कोरोना संक्रमित, चार दिनमा १०३३२ जनालाई संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ बैशाख

नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा तीन हजार १२२ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमित हुनेको संख्या तीन लाख ११९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबारदेखि आइतबार (आज) सम्म ३५ हजार ६ सय १६ जनाको आज पिसिआर  परीक्षण गर्दा १० हजार ३३२ जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा १ हजार ८० जना संक्रमणमुक्त भएका छन्।

गत २४ घण्टामा ९ हजार २९२ जनाको पिसिआर र ७८६ एन्टीजेन विधि परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पिसिआर परीक्षणमा ३ हजार ३२ र एन्टिजेनमा ९० गरी ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित छन्।

हाल ६९ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन्।

कुल संक्रमितमध्ये १ हजार ४ सय ९८ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *