प्रा.माणिक लाल श्रेष्ठको श्रद्धाञ्जली सभा

कला/साहित्य विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट
भक्तपुर, १६ चैत


नेपाल भाषा साहित्य तःमूंज्याको आयोजनामा सोमबार भक्तपुरमा प्रा. माणिक लाल श्रेष्ठको श्रद्धाञ्जली सभा भएको छ । नेपाल भाषा साहित्य तःमूंज्याका पहिलो उद्घाटक श्रेक्ष्ठको निधनले अपुरणीय क्षति भएको तःमूंज्याले जनाएको छ ।

श्रेष्ठको तस्विरमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, वागमति प्रदेशका सांसदद्वय सुरेन्द्रराज गोसाई, सृजना सैजू, किसान नेता गोविन्द दुवाल परिवारका सदस्यहरु लगायतले फूलको गु्रच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले प्राध्यापक माणिक लाल श्रेष्ठलाई हामीले अझै चिन्न नसकेको र धेरै कुरा उनको जीवनी पढेर थाहा पाउनुपर्ने बताए । उनले तिब्बत चीनको अभिन्न अंग भएको प्रमाण पेश गर्दै समाजवादी देशको चिन्तन गरी समाजवादी देशमा भएका विभिन्न किसिमका भ्रम चिर्न सफल भएको बताए । स्टालिनलाई मन्द विष खुवाएर मारेको, अहिले पनि उनी जिउँदै रहेको श्रेष्ठको लेखनबाट स्पष्ट भएको सांसद सुवालले बताए । साहित्यमा विचार पक्ष महत्वपूर्ण भएको तर्क राख्ने श्रेष्ठले राष्ट्रिय अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विषयमा गहिरो अध्ययन गर्ने गरेको बताए ।

वागमती प्रदेश सभासद् सुरेन्द्रराज गोसाईले विचार, सिद्धान्त र चिन्तनसहितको गम्भिर्यताले माणिकलालको योगदानको कदर गर्नुपर्ने बताए । क्यूवाली क्रान्तिको व्याख्याता, प्रजग कोरियाको सकारात्मक प्रचारक, स्टालिनको विषयमा भ्रम फैलाउने विरुद्धको संघर्षमा निरन्तर लागेका श्रेष्ठको दुःखद् निधनले सबैलाई मर्माहत तुल्याएको गोसाईले बताए ।

प्रा.श्रेष्ठका छोराहरु डा. मलकलाल श्रेष्ठ र डा सिद्धलाल श्रेष्ठले कार्यक्रम गरेकोप्रति आभार प्रकट गर्दै ख्वप विश्वविद्यालयको सञ्चालन भएमा त्यसमा काम गर्नु भन्ने बुबाको भनाइलाई उद्धृत गर्दै दुवैजनाले प्रतिवद्धता व्यक्त गरे ।
गंगालाल अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएका प्रा.श्रेष्ठको जीवनीबारे स्पष्ट पार्दै वागमति सभासद् सृजना सैजूले हरेक कार्यक्रममा उनको प्रशिक्षणको औचित्य रहेको बताइन् । एक मिनेट मौन धारण गरी प्रा.श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरी शुरु भएको उक्त कार्यक्रममा आशाकुमार चिकंवन्जार र लक्ष्मणराज जोशीले पनि श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *