त्रिभुवन विश्वविद्यालयकाे पठनपाठन बन्द, परीक्षा जारी रहने (सूचना सहित)

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ चैत

त्रिभुवन विश्वविद्यालयकाे पठनपाठन बन्द, परीक्षा जारी रहने (सूचना सहित)
फाइल तस्बिर ।

सरकारले वायु प्रदूषणलाई मध्यनजर गरी सबै शैक्षिक संस्था चार दिनका लागि बन्द  गर्ने निर्णय लिएपछि त्रिभुवन विश्वविद्यालयले पठनपाठन बन्द गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा भने जारी रहने त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जानकारी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै वायु प्रदूषणका कारण भन्दै चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

‘अस्वाभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्नने भएकोले यस गम्भीर अवस्थालाई दृष्टिगत गरी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निकायहरूका नियमित प्रशासनिक कार्यहरू यथावत सञ्चालन हुनेगरी २०७० चैत १७ गतेदेखि २०७० चैत्र २० गरी शुक्रबारसम्म पठनपाठन बन्द गरी विद्यार्थीहरूलाई बिदा दिने निर्णय गरिएको छ,’ महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वनिर्धारित कार्य तालिकाअनुसार परीक्षा सञ्चालन गरिरहेका त्रिविका निकायहरूले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरू यथावत सञ्चालन गर्न निर्णयानुसार सूचित गरिन्छ ।’

पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको थियो । सरकारको निर्णयपछि चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *