नगरस्तरीय विद्यालयस्तरीय कबड्डी प्रतियोगिता सम्पन्न

खेलकूद विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, ४ चैत्र


भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भक्तपुर नपा ४ नं. वडा कार्यालयको आयोजनामा भएको नगरस्तरीय विद्यालयस्तरीय कबड्डी प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यालयका खेलाडीहरुलाई उपप्रमुख जोशीले पदक तथा प्रमाणपत्र वितरण गरे ।


कबड्डी प्रतियोगिताको पुरुषतर्फको खेलमा मिनर्वा इङ्गलिश स्कूल प्रथम, जेन्यूइन सेकेन्डरी स्कूल दोस्रो, बागीश्वरी मावि र ख्वप्रिङ इङ्गलिस स्कूलले तेस्रो स्थान हासिल गरेको थियो भने कबड्डी छात्रातर्फ साईनिङ्ग इ‍. स्कूल प्रथम, पारागन एकेडेमी दोस्रो, बासु मावि र बागीश्वरी माविले तेस्रो स्थान ओगट्न सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *