जुत्ता– चप्पल पायौं ‘अब घाउ लाग्दैन, चिसो हुदैन’

समाचार स्वास्थ्य

नेपालगञ्ज,९ मंसिर


“हामीलाई स्कुल जाँदा खुट्टामा ठेस लाग्थियो । काँडा विझ्थियो । अब जुत्ता र चप्पल पाएपछि दुःख नपाउने भयौं ।” कार्कीले यसो भनिरहँदा कार्की लगायत अन्य विद्यार्थीको अनुहारमा हँसिलोे देखिन्थ्यो । उनी मात्र होइनन् पूजा खटिक, सिवानी वडही, सन्तोष खटिक र मनिषादेवी चौहान जुत्ता मोजा लगाउँदा सबै अनुहार हँसिलो देखिन्थ्यो ।
बाँकेको डुडुवा गाउँपालिका –१ स्थित जनता आधारभुत विद्यालयका अति विपन्न विद्यार्थीलाई जुत्ता चप्पल पाउँदा खुशी भएका हुन् । नेपालगञ्ज जुत्ता–चप्पल व्यवसायीले ती विद्यार्थीलाई गएको शनिवार जुता चप्पल सहयोग गरेका थिए । केही दिन अगाडी केही सञ्चार माध्यममा ‘स्कुल जानु छ,खाली खुट्टै ’ समाचार प्रकाशित भएपछि नेपालगञ्ज जुत्ता चप्पल व्यवसायहरुले संयुक्त रुपमा ती विद्यार्थीलाई सहयोग गरेका हुन् ।
विद्यालयमा अध्ययनरत विपन्न छात्र÷छात्रालाई नेपालगञ्ज जुत्ता चप्पल ब्यवसायी संघले जुत्ता, चप्पल र म्याट सहयोग प्रदान गरेका छन् । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र बाँकेको पहलमा नेपालगञ्ज जुत्ता–चप्पल व्यवसायी संघले उक्त सामग्री प्रदान गरेको हो ।
व्यवसायीले १ सय ३२ जोर कपडाको कालो जुत्ता र मोजाका साथै एक सय २० जोर चप्पल समेत सहयोग गरेकाछन् । सो सहयोगका लागि संघले सदस्य एमपि पोखरेलको संयोजकत्वमा २ सय ५२ जोर जुत्ता–चप्पल संकलन गरेको थियो । जुत्ता चप्पल पाएपछि खुशी हुदै पुनम कार्की भने, त्यसैगरी जीतपुर बाराको रारा चप्पल उद्योगले वीरगञ्जका पत्रकार ओमप्रकाश खनालमार्फत १ सय ४४ जोर चप्पल विद्यालयमा पठाएको छ । जसमा १ सय ४४ जोर झन्कार चप्पल, १ सय २० जोर म्याजिक चप्पल र १ सय ३२ एप्पल शुको स्कुल जुत्ता र तारा सप्लार्यसबाट १ सय ४४ जोर मोजा गरि करिव १ लाख बराबरको सामग्री वितरण गरिएको नेपालगञ्ज जुत्ता–चप्पल ब्यवसायी संघका अध्यक्ष बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।नेपालगञ्ज उपमहानगरपालिकावडा – २ निवासी समाजसेवी प्रणिलसिंह हमाल तथा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको समन्वयमा सो सहयोग सम्पन्न भएको संघका सदस्य तथा सामग्री वितरणका संयोजक एमपि पोखरेलले बताए । शिक्षा शाखाका प्रमुख सन्जयकुमार कर्ण, विद्यालय यब्यवस्थापन समितिका कृष्णगोपाल यादव र प्राधानाध्यापक शिव प्रसाद सापकोटाको जुत्ता, चप्पल र म्याट वितरण गरिएको छ ।

नेपालगन्ज जुत्ता–चप्पल ब्यवसायी संघको पहलमा यसअघि पनि जेष्ठ नागरिकहरुका लागी नीलसागर बृद्ध आश्रममा केही सहयोग गरेको झन्कार चप्प्लका साकेट अग्रवालले जानकारी दिए ।जुत्ता–चप्पलकै कारण विद्यालय नियमित हुन नसकेका बालबालिकाले सहयोग स्वरुप पाएको सामाग्रीबाट विद्यालयमा आर्कषण बढ्ने आईएचआरसीका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवाली बताए । शिक्षाबाट वञ्चित नहोस भन्नका लागि विद्यार्थीहरुलाई सहयोग गरिएको म्याजिक कम्पनीका विजयशर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *