चितवन,६ असोज
धानको पकड क्षेत्र मानिने चितवनमा बोटमा बाला नलागेपछि किसान चिन्तित बनेका छन । रोपेको ३ महिना वितिसक्दा पनि गरिमा जातको धानको बोटमा धान नपसाएपछि उनीहरु अन्यौलमा परेका हुन । विगतका बर्षहरुमा यस हाईब्रीडको जातको धानमा राम्रै उत्पादन भएपनि यसबर्ष गरिमा जातको धान पसाउन सकेको छैन । के कारणले दाना नलागेको हो यस बिषयमा नेपाल कृषि अनुसन्धान परिषद (नास्ट) का बैज्ञानिक बोलाईएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
मुख्यतया पूर्वी चितनका क्षेत्रहरुमा यो समस्या बढी देखिएको छ । कालिका नगरपालिका वडा नम्बर ६, खोलेसिमलका फूलमान लामा ३ महिना बितिसक्दा पनि धानमा बाला ननिस्केको बताउंँछन । ‘यो संँगै रोपेको अरु जातको धान झुलिसक्यो,उनले भने , यसको पसाउने छांँटकाटनै छैन ।’ आफूले लगाएको धानको क्षतिपूर्तीको लागि स्थानीय तह, आपूर्तिकतासंँग क्षतिपूर्तीको लागि निवेदन दिएको उनले बताए ।
खैरहनी नगरपालिकाका किसान कृष्ण अर्यालयको पनि गुनासो उस्तै छ । ‘विगत चारबर्षदेखि यो धान लगाएको छ, यसपालि बाला नलगाएको उनले बताए । उनी भन्छन ‘के गर्नु बोट मात्रै छ बाला छैन’ । उनका अनुसार उनले राखेको गरिमाको धानकोमा दाना लागेको तर बजारबाट ल्याएको बीउमा बालानै ननिस्केको उनको भनाई छ । धानमा बादा नलागेपछि काठमाडौ लगायत अन्य निकायमा धाईरहेको उनले बताए । उनले हाल १५ कट्टा क्षेत्रफलमा गरिमा जातको धान लगाएका छन । जिल्लाका सबै क्षेत्रमा यस धानको बीउ लगाउनेहरु अहिले सम्म पनि धान पसाएको छैन । वास्तविक तथ्याङ्क आइनसके पनि करीब एक हजार ३०० बिघामा गरिमा धान लगाइएको अनुमान गरिएको छ । जसबाट पाँच हजार हाराहारी कृषक प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताए । चर्को गुनासो आएपछि यसबिषयमा अध्ययन अनुसन्धान गर्न नाष्टका बैज्ञानिक बोलाइएको कार्यालयले जनाएको छ । २०७२ सालमा यसको सफल परीक्षण गरेर उक्त बीउ कृषकलाई वितरण गर्ने अनुमति दिएको थियो ।
चितवनका यसधानको आधिकारिक बिक्रेता प्रशान्त एग्रोभेटका सञ्चालक प्रदिप पाठक के कारणले बाला लागेन यसबारे आफूनै अनविज्ञ रहेको बताउंँछन । ३ बर्षदेखि हामीले यो बीउ बेचिरहेका छौ उनले भने अहिले कनि लागेन प्राविधिकबाट थाहा होला । अहिले चितवन लगायत आफूले बिक्री गरेका जिल्लाहरुमा यही समस्या आएको उनले बताए । धेरै ठाउंँबाट गुनासो आएपछि नाष्टका बैज्ञानिकहरुलाई बोलाईएको उनले बताए ।
जिल्लामा गरिमा, गोरखनाथ, युएस ३१२ जातका आयातीत हाइब्रिड र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावा मन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन । गत वर्ष धान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षे धान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।