आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १८ माघ

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ। गत २४ घण्टामा १ सय ५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। समध्ये २ हजार २९ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को मोरङमा र प्रदेश २ को सप्तरीमा १÷१ जनामा कोरोना भेटिएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ६० जनामा कोरोना पुष्टि भएको छ। चितवनमा १, भक्तपुरमा २, रसुवामा १, ललितपुरमा ६ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १०, गोरखामा १, तनहुँमा ४, पर्वतमा १, म्याग्दीमा ३, बागलुङमा ५ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको कपिलवस्तुमा ३, पाल्पामा १ र बाँकेमा २ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको कुनै पनि जिल्लामा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *