नाेभाभ्याक्सको खाेप ८९ प्रतिशत प्रभावकारी रहेकाे कम्पनी दाबी

अन्तर्राष्ट्रिय समाचार स्वास्थ्य
न्यूज अपडेट

न्यूयोर्क, १७ माघ

अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले  परीक्षणका क्रममा रहेको उसको कोभिड-१९ विरुद्धको खोप ८९ प्रतिशत प्रभावकारी रहेको दावी गरेकाे छ।

संयुक्त अधिराज्यमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा पाइएको उक्त कम्पनीले जनाएको हो। यस परीक्षणमा सहभागी एक चौथाईभन्दा धेरै मानिसहरू ६५ वर्षभन्दा माथिका थिए।

यूकेले अहिलेसम्म तीनवटा खोपलाई आपत्कालिन प्रयोगको स्वीकृति दिएको छ। ती अक्सफर्ड/एस्ट्राजेनिका, फाइजर/बायोएनटेक र मोडेर्ना खोपहरू हुन्।  यूकेबाट सुरु भएको पाइएको निकै उच्च सङ्क्रमणदर रहेको भाइरसको नयाँ प्रकार फैलिरहंदा यस्तो परीक्षण भएको हो।

जसका कारण यो खोपले नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *