शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ माघ

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ। गत २४ घण्टामा २ सय ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २२ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को उदयपुरमा १, झापामा २, पाँचथरमा १ र सुनसरीमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा २, पर्सामा १, बारामा २ र सर्लाहीमा १ जनामा कोरोना भेटिएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा २, दोलखामा २, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ५, ललितपुरमा १४ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २०, तनहुँमा ३, पर्वतमा १, म्याग्दीमा ४, लमजुङमा २, बागलुङमा ३ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको कपिलवस्तुमा १, गुल्मीमा ४, दाङमा १, पाल्पामा १, बाँकेमा १, बर्दियामा ३ र रुपन्देहीमा ४ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको जाजरकोटमा १ जनामा मात्र कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १, कैलालीमा १ र बतैडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *