आफ्नो जग्गामा अरुले घर बनाएपछि

विशेष समाचार समाचार

रिता सुवाल
भक्तपुर, १२ माघ


भक्तपुर वडा नं ७ मा बस्ने रुजन मचामसीले आफ्नो बाजेको नाममा रहेको जग्गा सुर्यविनायक न.पा.८ को किता नं. ३३२ को किता नं १७८१ का जग्गाधनी श्रीमती सुनिता भण्डारीले घर बनाउन लागेकोमा करीब ३ फिट जग्गा मिचेको भनी उक्त घर निर्माण कार्य रोक्का गरी पाउँ भनी मालपोट कार्यालयमा उजुरी गरेको छ ।

बनाइरहेको घरमा रोक्का लगाउन जाँदा त्यहाँका मानिसहरु मिलेर खुकुरी देखाई इँटाले हानेर घाइटे पारेको उनले बताए । यसरी आफ्नो जग्गा अरुले मिचेको हेरेर नबस्ने र कानुनी रुपमा नै हामी लड्छौ भनी उनले आक्रोश पोखे । यसरी हामीलाई घम्की देखाई मुर्खताको पहिचान मात्र दिनु हो । हामी आफ्नो बाजेको नाममा रहेको जग्गा जसरी भएपनि हामी लिन्छौ भनी उनले न्यूज अपडेट भक्तपुरलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *