पछिल्लो २४ घण्टामा ३३९ संक्रमित थपिए, १० जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, १२ माघ

पछिल्लो २४ घण्टामा नेपालमा ३३९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २४० जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ८५८ जनाको पिसिआर परीक्षण गर्दा ३३९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ४८ हजार ११३ पुगेको छ।

सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ११ पुगेको मन्त्रालयले जनाएको छ। हाल १३२ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ४०१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल १५६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १३७ जना आइसियु र १९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २ जना संक्रमित मात्र आइसियुमा छन्। कुनै पनि संक्रमित यहाँ भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ४२ आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ६७ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २४ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा  एकजना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्।  सूदुरपश्चिम प्रदेशमा एकजना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *